Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 924
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज (बिहिबार) नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो ।



    यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।



    हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ । हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार