Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

    एक मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । चलचित्रमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ ।



    लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको चलचित्रमा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ ।



    नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ ।

    आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ छन् ।

    https://youtu.be/EjxZaNAkeSo

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार