Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उत्कृष्ट खेलाडी बन्दै मेसीले जिते गोल्डेन बल अवार्ड

    उत्कृष्ट खेलाडी बन्दै मेसीले जिते गोल्डेन बल अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 642
    SHARES

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

    मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको थियो ।



    मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रोपटक हो । उनले यसअघि २०१४ को विश्वकपमा पनि गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए । त्यतिबेला अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।



    विश्वकपमा दुईपटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् । अर्जेन्टिनाले आइतबार राति पेनाल्टी सुटआउट ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार