Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • न्युजिल्याण्डमाथि भारतको रोमाञ्चक जित, शुभमन गिलको दोहोरो शतक

    न्युजिल्याण्डमाथि भारतको रोमाञ्चक जित, शुभमन गिलको दोहोरो शतक

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड पराजित भएको छ ।

    माइकल ब्रेसवेलको शतकका बाबजुद न्युजिल्यान्ड घरेलु टोली भारतसँग १२ रनले पराजित भएको हो ।



    भारतले दिएको ३५० रनको लक्ष्य पछ्याएको पाहुना टोली माइकल ब्रेसवेलको शतकका बाबजुद अन्तिम ४ बल बाँकी हुँदै ३३७ रनमा अलआउट भयो ।



    भारतका शुभमन गिलले दोहोरो शतकीय पारी खेले । गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक हान्ने विश्वका आठौं ब्याट्सम्यान तथा भारतका पाँचौं खेलाडी बनेका छन् ।

    योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शनिवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार