Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अक्षय र इमरान हाशमी अभिनीत ‘सेल्फी’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    अक्षय र इमरान हाशमी अभिनीत ‘सेल्फी’ को ट्रेलर सार्वजनिक (भिडिओ)

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 573
    SHARES

    एजेनसी । बलिउड अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनीत फिल्म ‘सेल्फी’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

    सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ। फिल्ममा अक्षय एक सुपरस्टार विजयको भूमिकामा देखिएका छन् भने इमरान हाशमी उनको फ्यानको भूमिकामा देखिएका छन्।



    फिल्ममा नुसरत भरूचा र मृणाल ठाकुरको पनि अभिनय छ। राज मेहताले निर्देशक गरेको फिल्ममा हिरो यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण, अपुर्भा मेहताको लगानी रहेको छ। फिल्मका कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन्।



    यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसन्स’ को हिन्दी रिमेक हो। अक्षय र इमरानले सन् २०१३ मा फिल्म ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’ मा एकसाथ काम गरेका थिए। त्यसपछि उनीहरूले ‘सेल्फी’ मा सहकार्य गरेका हुन्। यो फिल्म फागुन १२ गतेदेखि प्रदर्शन हुँदैछ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार