Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अभिनेता अक्षय कुमारले भारतीय राहदानीका लागि दिए आवेदन

    अभिनेता अक्षय कुमारले भारतीय राहदानीका लागि दिए आवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 621
    SHARES

    एजेन्सी । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारले क्यानडाको नागरिकता त्याग्ने निर्णय गरेका छन् ।

    हालै अक्षयले भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा आफ्नो लागि भारत नै सबै थोक भएको बताएका छन् ।



    उनीसँग क्यानडाको नागरिकता थियो। क्यानडाका नागरिक भएको कारण उनी सामाजिक सञ्जालमा ट्रोल भइरहन्थे।



    अक्षयले उक्त अन्तर्वार्तामा आफूले क्यानडाको नागरिकता त्याग्ने निर्णय गरेको र भारतीय राहदानीका आवेदन दिएको बताएका छन् । उनले आफ्नो राहदानी बदलेर भारतीय राहदानीका लागि निवेदन दिएका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार अक्षयको करिब १४-१५ फिल्मले राम्रो व्यापार नगरेपछि साथी क्यानडामा भएका कारण आफू कामका लागि क्यानडामा गएको र त्यहाँको नागरिकताको लागि आवेदन दिएका थिए ।

    उनी अभिनीत फिल्म ‘सेल्फी’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राज मेहताले निर्देशक गरेको फिल्म ‘सेल्फी’ मा अक्षयसँगै इमरान हाशमी, नुरत भरूचा, मृणाल ठाकुरलगायत कलाकारको अभिनय छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार