Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतको नक्सामा हिँडेपछि अक्षय कुमार विवादमा

    भारतको नक्सामा हिँडेपछि अक्षय कुमार विवादमा

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 687
    SHARES

    एजेन्सी । भारतको नक्सामा हिँडेपछि बलिउड अभिनेता अक्षय कुमार यतिबेला विवादित बनेका छन्।

    एक भिडियोमा पृथ्वीमाथि हिँडेको दृश्यमा उनले भारतमाथि पनि पाइला टेकेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमान भएको बताएका छन्।



    खासमा अक्षयले कतार एयरवेजको प्रचार सामग्रीको भिडियो शेयर गरेका थिए जहाँ उनी पृथ्वीमाथि हिँडेका हुन्छन्।



    कतार एयरवेजको प्रायोजनमा आउँदो मार्चमा उत्तर अमेरिकी देशमा हुन गइरहेको महोत्सवको प्रचार सामग्रीमा उनले आफूहरू एक सय प्रतिशत मनोरञ्जन लिएर त्यता आउने उल्लेख गरेका छन्।

    जहाँ पृथ्वीमाथि हिँड्नु नर्थ अमेरिकाको यात्रालाई साङ्केतिकरूपमा देखाउन खोजिएको हो। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमानसँग जोडे।

    अक्षय यसअघि पनि पटक–पटक यस्ता विवादमा फसेका छन्। केही महिनाअघि अक्षयले सडक सुरक्षाका विषयमा गरेको एउटा भिडिओ विज्ञापनको चर्को आलोचना भएको थियो।

    उक्त विज्ञापनमा पुलिस अफिसर बनेका अक्षय कुमारले छोरीको बिदाइका बेला बुबालाई ६ एयरब्यागसहितको कारको फाइदाको वर्णन गरेका थिए। भिडिओ हेरेपछि सामाजिक सञ्जालमा मानिसहरुले अक्षयले दाइजोको समर्थन गरेको भन्दै आलोचना गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार