Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक

    फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 408
    SHARES

    काठमाडौं । अक्षय कुमार र टाइगर श्राफ अभिनित फिल्म ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर सार्वजनिक भएको छ ।

    यो फिल्मको कथा पनि भारत र पाकिस्तानबीचको दुश्मनीमा आधारित छ । ३ मिनेट ३१ सेकेण्ड लामो ट्रेलरमा भरमार एक्सन दृश्य समावेश छ ।



    ‘सलार’ फेम्ड पृथ्वीराज सुकुमारन खलपात्रको भूमिकामा छन्। हिन्दी फिल्ममा दर्शकले हेर्दै आएको मसला यसमा छ ।



    फिल्ममा अक्षय-टाइगर र पृथ्वीराजसहित मानुषी छिल्लर, अलाया एफ, सोनाक्षी सिन्हा र रोनित रोय पनि छन् । यसअघि यो फिल्म डिसेम्बर २०२३ मा रिलिज हुने तयारीमा थियो ।

    अब यो इदको अवसरमा अप्रिल १० मा हलमा रिलिज हुँदैछ । राकेश (टाइगर) र फिरोज (अक्षय)लाई यो मनोरोगी खलनायकबाट देश बचाउने र हतियार फिर्ता ल्याउने मिसनमा लगाइन्छ ।

    दुवैजना पात्र सैनिक पृष्ठभूमिबाट आएका हुन् र उनीहरुलाई यो लक्ष्यमा पाम (अलाय) र क्याप्टेन मिशा (मानुषी)ले मद्दत गर्छन् र यस ट्रेलरमा सोनाक्षी सिन्हाको पनि झलक छ ।

    तर उनको चरित्रको बारेमा धेरै जानकारी दिइएको छैन । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । उनले ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार