Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अक्षय कुमारले पाए भारतीय नागरिकता

    अक्षय कुमारले पाए भारतीय नागरिकता

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।

    अक्षयले सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै उक्त जानकारी दिएका हुन्।



    अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्,’दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’



    अक्षय कुमार अहिलेसम्म क्यानडाका नागरिक थिए। अक्षयले केही समय अगाडि भारतीय नागरिकताका लागि आवेदन दिएका थिए।

    सोमबार भारतले ७७औं स्वतन्त्रता दिवस मनाइरहँदा अक्षयले आफ्ना फ्यानहरुका लागि खुसीको खबर साझा गरेका छन्। नागरिकतामा उनको नाम अक्षय हरिओम भाटिया छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार