Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • टिजर समेटिएको ‘छक्कापञ्जा ४’ फिल्मको पहिलो गीत सार्वजनिक (भिडिओ)

    टिजर समेटिएको ‘छक्कापञ्जा ४’ फिल्मको पहिलो गीत सार्वजनिक (भिडिओ)

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 744
    SHARES

    काठमाडौं । फागुन १९ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।

    सोमबार साँझ ओएसआर डिजिटलको यूट्युब च्यानलबाट डेविड शंकर तथा सहिमा श्रेष्ठको स्वरको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।



    दीपक शर्माद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु राजेन्द्र थापाले रचना गरेका हुन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।



    चुनावको माहोल र सन्दर्भको कथावस्तु समेटिएको गीतमा दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार फिचर्ड छन् ।

    फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन्। केदारप्रसाद घिमिरे र निर्मल दाहाल कार्यकारी निर्माता रहेको फिल्मलाई दीपकराज गिरीले लेखेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार