Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एनआरटीलाई हराउँदै आर्मी ‘केपी ओली कप’को सेमिफाइनलमा

    एनआरटीलाई हराउँदै आर्मी ‘केपी ओली कप’को सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । पेनाल्टी सुटआउटमा न्यूरोड टिम (एनआरटी)लाई ५–४ को नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब ‘केपी ओली कप’को सेमिफाइनलमा पुगेको छ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा आज शुक्रबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो ।



    निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १–१ गोल भएपछि समय अभाव भन्दै सिधै पेनाल्टी सुटआउट गरिएको थियो । पेनाल्टीमा आर्मीका जगजीत श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे ।



    एनआरटीका लािग जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे । एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

    यसअघि खेलको ३२ औं मिनेटमा एनआरटीका लागि लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाएका थिए । तर खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

    विजेता आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार