Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • निर्माता छवि ओझाको आधा सम्पत्ति पाउने गरी शिल्पाले जितिन् मुद्दा

    निर्माता छवि ओझाको आधा सम्पत्ति पाउने गरी शिल्पाले जितिन् मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 843
    SHARES

    काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले छवि ओझाविरुद्धको मुद्दा जितेकी छन्।

    काठमाडौं जिल्ला अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो । योसँगै उनीहरुबीच कानुनी रुपमा डिभोर्स समेत भएको छ ।



    अदालतले ओझाको आधा सम्पत्ति पोखरेलले पाउने, दुईबीच सम्बन्ध विच्छेद हुने, बहु-विवाह नठहर्नेलगायत फैसला गरेको हो । फैसलाको पूर्णपाठ तयार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।



    उनले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध सम्बन्धविच्छेद प्रक्रिया बढाएकी थिइन् ।

    शिल्पाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै जितको खुसी मनाएकी छन्।

    ‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु,’ उनले लेखेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार