Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादीलाई हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

    माओवादीलाई हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 717
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

    आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    विप्लवले भने,‘आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू पनि भनिरहेकै छन । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा ।



    तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ र हामी लगाइदिन्छौँ पनि। यो साचो कुरा हो।’

    उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको दाबी गर्दै माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्‍याउने चेतावनी समेत दिए । उनले माओवादीहरु अपराधी नभएको प्रष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार