Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनमा भोट हाल्न सांसदलाई आन्तरिक प्रशिक्षण दिने

    राष्ट्रपति निर्वाचनमा भोट हाल्न सांसदलाई आन्तरिक प्रशिक्षण दिने

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनका सम्दर्भमा सत्ता गठन्धनमा रहेका दलहरुले आफ्ना मतदातालाई प्रशिक्षण दिने भएका छन् ।

    मङ्गलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको गठबन्धन कार्यदलको बैठकले मौन अवधि सुरु भइसकेकाले आन्तरिक रूपमा प्रशिक्षित गर्ने निर्णय गरेको हो ।



    यसका लागि मतदानमा सहभागी हुने सदस्यहरुलाई बुधबार ११ बजेसम्म काठमाडौं आउन निर्देशन दिएको छ ।



    यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा ८ दलबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार