Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति चयनका लागि मतदान सुरु

    राष्ट्रपति चयनका लागि मतदान सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।



    राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।



    मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।

    निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

    राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार