Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचन अपडेट : साढे १२ बजेसम्म ६०३ मत खस्यो

    राष्ट्रपति निर्वाचन अपडेट : साढे १२ बजेसम्म ६०३ मत खस्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भइरहेको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ बजेर ३५ मिनेटसम्म कुल ६०३ मत खसेको छ ।



    प्रदेशसभा सदस्यका तर्फबाट ३३६ र संघीय सांसदका तर्फबाट २०७ मत खसिसकेको छ ।



    आज बिहान १० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

    राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार