Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उपेन्द्र यादवलाई सीकेको व्यंग्य – बारा २ मा फिरंगी उम्मेदवारको गुन्जायस छैन

    उपेन्द्र यादवलाई सीकेको व्यंग्य – बारा २ मा फिरंगी उम्मेदवारको गुन्जायस छैन

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 729
    SHARES

    बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले ‘मिसन बारा-२’ को आरम्भ गरेका छन् ।

    अध्यक्ष राउतले उपचुनावलाई लक्षित गर्दै महागढीमाईको दर्शन गरेर मिसन बारा २ आरम्भ गरेका हुन् ।



    अध्यक्ष राउतले बारा २ मा जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवविरुद्ध आफ्ना उम्मेदवार खडा गर्ने प्रष्ट पारेका छन् ।



    राउतले भने, ‘माताको यो दरवारमा स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन ।’

    पार्टी प्रवेश कार्यक्रममा आएका राउतले सो क्षेत्रमा जनतमले उम्मेदवार उठाउने र जित्ने दाबी गरे ।

    उपेन्द्रप्रति लक्षित गर्दै बाहिरी फिरंगी उम्मेदवारको कुनै गुञ्जायस नरहेको समेत उनको भनाई छ ।

    बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सो क्षेत्रमा उपेन्द्र सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार