Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रूसले गर्‍यो युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण : ८ जनाको मृत्यु, २१ घाइते

    रूसले गर्‍यो युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण : ८ जनाको मृत्यु, २१ घाइते

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको मृत्यु भएको छ ।

    सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बताइएको छ ।



    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरुले बताए ।



    रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । सोही क्रममा रुसका धेरै सैनिकको मृत्यु भएको युक्रेनको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार