Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 492
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पुनः विश्वासको मत मागेका छन्।

    सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनः विश्वासको मत मागेका हुन्।



    यस्तै, प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका छन्।



    प्रदेश सरकार जनतासँग नजिक रहेर प्रदेशमा पूर्बाधार तथा आर्थिक विकासमा केन्द्रित हुने उनको भनाइ छ।

    केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् ।

    गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

    अहिले एमालेका गिरी नेतृत्वको सरकारमा एमाले र राप्रपाको जम्मा मत ३३ छ । सरकार टिकाउन गिरीलाई थप ११ मत आवश्यक पर्छ ।

    मुख्यमन्त्री गिरीले आवश्यक मत पाउने अवस्था नरहेकोले सरकार बनेको १०३ दिनमा लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार