Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • दुबईबाट आएका तीनजना त्रिभुवन विमानस्थलबाट १५ तोला सुनसहित पक्राउ

    दुबईबाट आएका तीनजना त्रिभुवन विमानस्थलबाट १५ तोला सुनसहित पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 879
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ तोला सुनसहित तीनजना पक्राउ परेका छन् ।

    दुबईबाट हिमालयन एयरलायन्सको विमानमार्फत शनिबार काठमाडौं आइपुगेका मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी पक्राउ परेका हुन् ।



    विमानस्थल प्रहरीले स्रोतका अनुसार विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम, विमला र सिर्जनाले ल्याएको ६०-६० ग्रामको सुनको औंठी बरामद छ ।



    सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बयान दिएका थिए । अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो ।

    पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार