Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • चौरपाटीका अध्यक्ष साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति पक्राउ

    चौरपाटीका अध्यक्ष साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 813
    SHARES

    कैलाली । अछामको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि आक्रमण गर्ने नेविसंघका जिल्ला सभापति पक्राउ परेका छन् ।

    मंगलवार साँझ सभापति खेमराज खड्कालाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को अतिथि रिसोर्टबाट पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय अछामको आग्रहमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार गाउँपालिकाका अध्यक्ष साउँदमाथि आक्रमण गर्ने अर्का नरबहादुर खड्का भने फरार छन् ।



    उनको खोजीकार्य जारी रहेको बताइएको छ । गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि गाडीमा रहेका बेला रोकेर बोतल प्रहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार