Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिग फुटबलमा चार खेल हुँदै

    ‘ए’ डिभिजन लिग फुटबलमा चार खेल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 489
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार चार खेल हुँदैछन् ।

    २४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक एक खेल हुनेछ ।



    दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।



    यस्तैगरी, च्यासल खेल मैदानमा दिउँसो ३ बजे हुने अर्काे खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

    सातदोबाटो मैदानमा एफसी खुमलटार र संकटा क्लब भिड्नेछन् । यस्तै रेलिगेसन जोमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार