Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

    त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1.1K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्वतकी ७० वर्षीया बिबीकुमारी गुरूङ रहेकी छन् । विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित गुरूङलाई पक्राउ गरिएको हो ।



    ह्यान्ड ब्यागेज चेकिङ गर्नेक्रममा  गुरूङको साथबाट स्रोत नखुलेको उक्त रकम फेला परेको थियो ।



    आइतबार अपराह्न साढे ४ बजेतिर  बुद्ध एयरको फ्लाइटबाट भैरहवा जान लागेको बेला गुरूङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    एक्सरे मेसिनमा स्क्रिनिङ गर्नेक्रममा उक्त रकम देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई कार्यालय जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार