Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अमेरिकी डलरसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    अमेरिकी डलरसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 849
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनी रहेका छन् ।सैनीलाई १ सय दरको ९० थानसहित पक्राउ गरिएको हो ।



    एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको थियो।



    उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार