Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढ्यो

    आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 546
    SHARES

    काठमाडौं । आर्थिक वर्ष २०७९-०८० को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १२.१६ अंकले बढेर दुई हजार ९७ .९ विन्दुमा पुगेर बन्द भएको हो ।

    नेप्से बढेपनि आज कारोबार रकम खुम्चिएको छ । बजारमा आज ७१ लाख ८४ हजार २५४ कित्ता शेयरको खरिदबिक्री हुदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।



    आइतबार शिवम् सिमेन्टको सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।



    आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार