Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

    ५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 645
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोवार दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

    नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो ।



    सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आइतबार मात्रै २ अर्ब ५० करोड बढिको कारोबार भएको थियो भने, आज कारोबार रकम ह्वातै घटेको छ ।



    सोमबार सनराईज ब्लूचीप फण्ड, बालेफी हाइड्रोपावर र एनआइसी एसीया फिलेक्सि क्याप फण्डले सर्वाधिक नाफा कमाएको छ ।

    वेस्ट नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक लिमिटेड डेबेन्चर-२०८६ र एसीयन आइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

    उपसमूहतर्फ तिनबटा समूहबाहेक बाकि १० वटैको सेयरमुल्यमा गिरावट आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार