Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • महिला कर्मचारीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

    महिला कर्मचारीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1K
    SHARES

    संकेतिक तस्विर

    कपिलवस्तु । महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् ।

    प्रहरीले शिवराज नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका–३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको हो।



    उनीहरूले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेपछि आरोपित दुवै जना फरार भएका थिए ।



    फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

    नगरपालिकाले प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको थियो । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार