Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल सजाय उच्च अदालतद्वारा खारेज, धरौटीमा रिहा गर्न आदेश

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल सजाय उच्च अदालतद्वारा खारेज, धरौटीमा रिहा गर्न आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको छ ।

    इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय खारेज गर्न आदेश दिएको हो ।



    प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको लगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । त्यो निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।



    मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामाबादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । साथै उच्च अदालतले खानलाई धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार