Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पूर्वमेयरको संलग्नतामा गौरा हेर्न पुगेका युवामाथि निर्घात कुटपिट

    पूर्वमेयरको संलग्नतामा गौरा हेर्न पुगेका युवामाथि निर्घात कुटपिट

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 1.6K
    SHARES

    दार्चुला । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि कुटपिट गरिएको हो ।

    मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा धामीले ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन् ।



    कुटपिटबाट धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ । उक्त घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ ।



    पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए । कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए ।

    टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

    ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी लिई जिल्ला प्रहरी कार्यालय दार्चुला गएका दिनेशका आफन्तलाई प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फर्काईदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार