Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

    ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 4.3K
    SHARES

    काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

    केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आपराधिक विश्वासघात गरेको आरोपमा भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।



    चलचित्र ‘रावायण’का निर्माता समूहले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।



    फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा एक करोड भन्दा धेरै नोक्सान भएको उजुरी छ।

    निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् ।

    केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार