Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतको कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

    भारतको कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 414
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्यांकर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    सो दुर्घटना कर्नाटकको राजधानी बैंगलोरबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर–हैदराबाद राष्ट्रिय राजमार्गमा भएको हो ।



    “आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्यांकर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना घाइते भएका थिए । घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,” प्रहरी अधिकारीले बताए ।



    प्रहरीका अनुसार यात्री बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो । कुहिरोका कारण बाटो स्पष्ट नदेखिएकाले सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार