Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संघीय सरकारलाई मधेशको चेतावनी – ३० दिनभित्र प्रहरी समायोजन गर्नू, नभए आन्दोलन गर्छौं

    संघीय सरकारलाई मधेशको चेतावनी – ३० दिनभित्र प्रहरी समायोजन गर्नू, नभए आन्दोलन गर्छौं

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 624
    SHARES

    काठमाडौं । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय दिएको छ ।

    बुधबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रहरी समायोजन गर्न ३० दिनको म्याद दिएका हुन् ।



    उनले ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखेर बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिए । प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न समस्या भएको उनको दाबी छ ।



    सो समय सिमामा पनि प्रहरी समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने मुख्यमन्त्री यादवको चेतावनी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार