Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी

    प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 555
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १–० गोलले पराजित गरेको हो ।

    युनाइटेडका भिक्टर लिन्डेलफले खेलको ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेड १२ खेलमा २१ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।



    यस्तै अर्को खेलमा आर्सनलले बर्नलीलाई ३–१ गोलले हरायो । आर्सनलका लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरे । बर्नलीका जोस ब्राउनहिलले एक गोल फर्काए ।



    जितसँगै आर्सनल १२ खेलमा २७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । अरु खेलमा टोटनहम उल्भ्ससँग पराजित हुँदा एभर्टनले क्रिस्टल प्यालेसलाई र बर्नमाउथले न्यूक्यासललाई पराजित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार