Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मंसिर २२ गतेदेखि हुने ‘सुदूरपश्चिम महोत्सव’ को तयारी सुरु

    मंसिर २२ गतेदेखि हुने ‘सुदूरपश्चिम महोत्सव’ को तयारी सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 807
    SHARES

    कैलाली । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्ने महोत्सवको तयारी सुरु भएको हो ।

    कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवर शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारीका लागि ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ ।



    अहिले महोत्सव स्थललाई जस्ता पताले घेरबार गर्ने काम भइरहेको छ । महोत्सवका संयोजक समेत रहेका कुँवरले चार सय स्टल रहने महोत्सवबाट १० करोडको कारोबार हुने बताए । पाँच लाखले महोत्सवको अवलोकन गर्ने विश्वास गरिएको छ ।



    १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा समेत विद्यार्थीबाट ५० रुपैयाँ र अन्य नागरिकबाट एक सय रुपैयाँ प्रति व्यक्ति टिकटको शुल्क निर्धारण गरिएको छ । समृद्ध सुदूरपश्चिम बनाउने अभियानको रुपमा संघले २०६४ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार