Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुदूरपश्चिम महोत्सवको तयारी पूरा, शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

    सुदूरपश्चिम महोत्सवको तयारी पूरा, शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 720
    SHARES

    कैलाली । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुने ‘सुदूरपश्चिम महोत्सव’को तयारी पूरा भएको छ ।

    बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् ।



    महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सङ्घका अध्यक्ष कुँवरले जानकारी दिए ।



    सुदूरपश्चिमको उद्योग, पर्यटन तथा व्यापारको प्रवर्द्धन र आर्थिक विकास गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

    महोत्सवमा कृषि, व्यापार, अटोमोबाइल्स, लगायतको गरेर ४०० वटा स्टल रहेको सङ्घका अध्यक्ष कुँवरले बताए । महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

    महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने दाबी गरिएको छ । महोत्सव अवधिभरि सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीसहित निजी सुरक्षाकर्मी परिचालन हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार