Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गाँजा मिसाएर केक बेच्ने थप दुई जना सोहखुट्टेबाट पक्राउ

    गाँजा मिसाएर केक बेच्ने थप दुई जना सोहखुट्टेबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 642
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले केकमा गाँजा मिसाएर बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ का मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने शालोम सादा लेप्चा जैसी रहेका छन् ।



    उनीहरूलाई लागूऔषध ब्युरो कोटेश्वरबाट खटिएको टोलीले सोहखुट्टेबाट पक्राउ गरेको हो । उनीहरूले इन्स्टाग्राम स्वीट बेकरी नामको अकाउन्ट बनाएर लागूऔषध गाँजा प्रयोग गरी केक, कुकिज बनाई बिक्री गर्ने गरेका थिए ।



    उनीहरूले ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडामा लिई केक, कुकिज बनाउने गरेको पाइएको ब्यूरोले जनाएको छ ।

    उक्त कोठाबाट १ केजी एक सय ग्राम गाँजा, डाँठसहित गाँजा १ केजी ५६८ ग्राम, बिक्री गर्न तयारी अवस्थामा राखेको केक १ केजी ९ सय ग्राम, माइक्रोओभन १ थान, तयारी अवस्थामा राखिएको बटर ९ सय ग्राम, चक्लेटको फ्लेभरलगायतका सामान पनि बरामद भएको छ।

    उनीहरूले आफूले बनाएका केक र कुकिजहरू अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

    उनीहरूलाई इस्टग्राममा ७ सय ८४ जनाले फलो गरेको पाइएको छ। आफूलाई फलो गरेका र विश्वासिलो व्यक्तिहरूलाई मात्र केक, कुकिज अनलाइन डेलिभरी गर्ने गरेको ब्यूरोका एसपी चक्रराज जोशीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार