Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    चितवन । कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    चितवनको भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए।



    गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।



    घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार