Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु राष्ट्रिय लज्जाको विषय : बाबुराम भट्टराई

    रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु राष्ट्रिय लज्जाको विषय : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको टिप्पणी गरेका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले भनेका छन्,’रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस-यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।’



    ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार