Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीन–किर्गिस्तान सीमामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    चीन–किर्गिस्तान सीमामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 951
    SHARES

    काठमाडौँ । चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

    सोमबार राति ११ बजेर ३९ मिनेटमा दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।



    भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।



    भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो। चीनको सिनजियाङ रेलवे विभागले २७ वटा रेल सञ्चालन रोक्नु परेको जनाएको छ ।

    विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार