Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युक्रेनी सेनाले हतियार किन्दा चार करोड डलर भ्रष्टाचार गरेको खुलासा

    युक्रेनी सेनाले हतियार किन्दा चार करोड डलर भ्रष्टाचार गरेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको सुरक्षा सेवाले सेनाले हतियार खरिद गर्दा ४ करोड डलर भ्रष्टाचार भएको खुलासा गरेको छ ।

    भ्रष्टाचारको आरोपमा रक्षा मन्त्रालयका पाँच जना वरिष्ठ व्यक्ति र एक जना हतियार आपूर्तिकर्तामाथि अनुसन्धान भइरहेको सुरक्षा सेवाले बताएको छ ।



    सन् २०२२ मा १ लाख वटा मोर्टार गोलाहरूको लागि भएको सम्झौतामा अग्रिम भुक्तानी गरिएको थियो, केही रकम विदेशमा स्थानान्तरण गरिएको थियो ।



    तर निकै कम मात्रामा हतियार भित्रिएको सुरक्षा सेवाले जनाएको छ । एक जना आरोपीलाई युक्रेन छाड्दै गर्दा पक्राउ गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार