Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानमा आज देशभर मोबाइल सेवा बन्द

    पाकिस्तानमा आज देशभर मोबाइल सेवा बन्द

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 378
    SHARES

    एजेन्सी । पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ।

    गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको हो ।



    सूचनामा लेखिएको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ ।



    सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय अपनाउन आवश्यक छ । त्यसैले देशभर मोबाइल सेवा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

    मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो ।

    निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको छ ।

    पाकिस्तानमा आज ३३६ सिटका लागि निर्वाचन भइरहेको छ । सरकार बनाउन कम्तिमा १६९ सिट जित्नु आवश्यक छ। दुई वर्षअघि अविश्वास प्रस्ताव ल्याएर इमरान खान नेतृत्वको सरकार ढालिएको थियो ।

    हाल इमरान खान भ्रष्टाचार आरोपमा जेलमा बन्द छन् । उनलाई १४ वर्षको जेल सजायँ सुनाइएको छ । उनी नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (-पीटीआई) लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । त्यसैले पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार