Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालले गुमायो चार विकेट, कप्तान रोहित पौडेल ८ रनमा आउट

    नेपालले गुमायो चार विकेट, कप्तान रोहित पौडेल ८ रनमा आउट

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले चार विकेट गुमाएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अर्धशतक प्रहार गरेका कुशल भुर्तेलसहित चार विकेट गुमाएको हो ।



    नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भए । एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।



    उनी तेस्रो विकेटको रुपमा आउट हुँदा नेपालले १८.३ ओभरमा ३ विकेटको क्षतिमा ९८ रन जोडेको थियो। कुलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

    यस्तै भीम सार्की १७ रन जोड्दा चौथो विकेटको रुपमा आउट भए। नेपालले २२.३ ओभरमा ४ विकेटको क्षतिमा १०८ रन जोडेको थियो।

    चार विकेट गुमाएपछि आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन्।

    नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्याडनासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार