Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्यानडाविरुद्ध नेपालले गुमायो ३५ ओभरमा पाँच विकेट

    क्यानडाविरुद्ध नेपालले गुमायो ३५ ओभरमा पाँच विकेट

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 516
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ३५ ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको छ ।

    नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख २७ र सातौँ नम्बरका ब्याट्सम्यान पवन सर्राफ ७ रन बनाउँदै क्रिजमा छन् ।



    टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रन जोडे।



    एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

    कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

    यस्तै भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रनभन्दा बढी जोड्न सकेनन्।

    कुशल मल्ल आउट हुँदा नेपालले २९.३ ओभरमा ५ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार