Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • फोनमा धम्काएर ५ करोड फिरौती माग्ने लक्ष्मण र दीपक प्रहरी फन्दामा

    फोनमा धम्काएर ५ करोड फिरौती माग्ने लक्ष्मण र दीपक प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 723
    SHARES

    पोखरा । भारतीय सिमकार्डको प्रयोग गरेर पोखरामा ५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।



    आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे सार्वजनिक गरेको छ।



    उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ ।

    गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

    उनीहरुले फोन तथा एसएमएसमार्फत गैरेसँग ५ करोड रुपैयाँ फिरौती मागेका थिए ।

    पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार