Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत [नामावलीसहित]

    कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत [नामावलीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक १० जना कै सनाखत भएको छ ।

    जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।



    मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेको खुलेको छ । यस्तै कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारीको पनि दुर्घटनामा मृत्यु भएको छ।



    त्यस्तै, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्टको पनि पहिचान खुलेको छ ।

    यसैगरी मृत्यु हुनेमा पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको कपिलवस्तुका प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ३० जना घाइते भएकाको पनि सबैको परिचय खुलेको छ ।

    घाइते ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेकोछ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु.प.प्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार