Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौंबाट तीर्थयात्री बोकेर गएको बस धादिङमा दुर्घटना

    काठमाडौंबाट तीर्थयात्री बोकेर गएको बस धादिङमा दुर्घटना

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 2.5K
    SHARES

    धादिङ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा दुर्घटना भएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।



    दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । घाइतेको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार