Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली

    सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 7.3K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देशबाहिर थिए ।



    रथीमा बढुवा भएका थापालाई बलाध्यक्ष विभागको जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार