Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेनाका थापा, श्रेष्ठ र देउजाले लगाए उपरथीको फुली, को-कहाँ भए पदस्थापन ?

    सेनाका थापा, श्रेष्ठ र देउजाले लगाए उपरथीको फुली, को-कहाँ भए पदस्थापन ?

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 8.3K
    SHARES

    काठमाडौँ । नेपाली सेनाका तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई प्रधानसेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।



    बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार