Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

    नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।



    नेदरल्यान्ड्सका लागि मिचेल लेभिटले १३५ रन बनाए। उनले दोस्रो विकेटका लागि साइब्रान्डसँग १९३ रनको साझेदारी गरे।



    साइब्रान्डले अन्तिम चार बल बाँकी छदा आउट हुनुअघि ४० बलमा ७५ रन जोड्ने क्रममा ७ चौका र ५ छक्का प्रहार गरे। तीन बल खेलेपछि रनआउट हुन पुगेका तेजा निडामनुरुले तीनै बलमा छक्का प्रहार गर्दै १८ रन बनाए।

    त्यसअघि म्याक्स ओुडाउड ५ रनमा आउट भए भने कप्तान स्कट इडवार्डले ४ रन मात्र जोड्न सके। सिरिजमा दुवै टिमले एक एक जित निकालेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार