Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्याङ्करभित्र लुकाएर लागूऔषधको कारोबार, गोकर्णेश्वरबाट पक्राउ परे मोक्तान

    ट्याङ्करभित्र लुकाएर लागूऔषधको कारोबार, गोकर्णेश्वरबाट पक्राउ परे मोक्तान

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 2K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण व्यूरोले सेफ्टी ट्याङ्करभित्र लुकाएर राखेको ४७५ बोतल लागूऔषध विनसेरेक्स(Wincerex)सहित सर्लाहीको हरिवन नगरपालिका-३ का नविन मोक्तानलाई पक्राउ गरेको हो ।



    मोक्तानले लागूऔषध ओसारपसारका लागि ना८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्कर प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    अवैध लागूऔषधको कारोवार भईरहेको सुचनाको आधारमा व्यूरोको कोटेश्वरबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडा सडक किनारमा रोकी राखेको उक्त सेफ्टी ट्याङ्करसहित मोक्तानलाई पक्राउ गरेको गरेको थियो ।

    प्रहरीले उनको साथबाट अबैध लागूऔषध एम्फेटामाईन विईनसिरेक्स ४७५ बोतल बरामद गरेको जनाएको छ ।

    लागूऔषध सहित पक्राउ परेका मोक्तानलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार